Logo

कारागारका कर्मचारी चढेको बसमा आक्रमण



Spread the love
फाइल तस्विर:

२८ बैशाख, मेक्सिको सिटी – मेक्सिकोको मोरेलोस प्रान्तमा महिलाका निम्ति सङ्घीय कारागार विभागका कर्मचारी बोकेको बसमा आक्रमण हुँदा चार जना कर्मचारीको मृत्यु भएको छ ।

शुक्रबार बिहान भएको उक्त आक्रमण कारगारबाट करिब ३० किलोमिटरको दूरीमा भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा घाइते भएका अरु चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रान्तीय सरकारले स्थानीय आपराधिक संगठनमाथि तत्काल कारबाही थाल्न मेक्सिको सरकारसँग आग्रह समेत गरेको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार कारमा आएका तीन जना बन्दुकधारीले बसभित्र गोली चलाएर भागेका थिए । मोरेलोसमा यसै साता योसहित दुई वटा हिंसात्मक आक्रमण भइसकेका छन् । गत बुधबार दुई जना स्थानीय मजदुर युनियनका नेताहरुको गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्