Logo

२५ प्रतिशतसम्म बढ्ने भयो कर्मचारीको तलब



Spread the love

२९ बैशाख, काठमाडाैँ – आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ।

आगामी आविको बजेटमा निजामती कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढाइने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।

अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ। मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोक समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्