Logo

९ वर्षपछि हत्या गरी फरार भएका व्यक्ति प्रहरीद्वारा पक्राउ



Spread the love

२९ वैशाख, काठमाडौँ l हत्या गरी फरार भएका १ जनालाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ सानेपा बस्ने वर्ष ३८ को इन्द्रबहादुर मोक्तान रहेका छन् ।मोक्तानले २०६७ असार १ गते काभ्रेपलान्चोक गोकुले गाविस वडा नम्बर ४ मा बस्ने  दिर्घ बहादुर गोलेलाई हतियार प्रयोग गरी हत्या गरेर फरार भएका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शनिवार ललितपुरको सानेपाबाट पक्राउ गरी अनुसधानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाएको व्यूरोका एसपी सुदिप गिरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्