Logo

रुकुम पूर्वका विद्यालयहरु दुई महिनाका लागि बन्द



Spread the love

२९ वैशाख, काठमाडौं । रुकुम पूर्वका पूर्वी क्षेत्रका विद्यालयहरु दुई महिनाका लागि बन्द हुने भएको छ । जेठ ४ गतेबाट असार अन्तिमसम्म विद्यार्थी र शिक्षक दुवै यार्सा टिप्न जाने हुनाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हिमालय मावि मैकोटका प्रधानाध्यापक हस्तीमान पुनले जानकारी दिए ।

पुथा उत्तरगङ्गा गाउँपालिकामा रहेको बुकी क्षेत्रमा यार्सा टिप्न सो गाउँपालिकाका सबै विद्यालय लगायत अन्य गाउँपालिकाका समेत गरेर दुई दर्जन विद्यालय बन्द गरिएको स्थानीयले बताएका छन् ।

लामो समयसम्म विद्यालय बन्द हुँदा पनि सरोकारवालाले कुनै चासो नदेखाएपछि यो समस्या उत्पन्न भएको स्थानीयवासी रामविक्रम बुढाको भनाइ छ ।

स्थानीयले प्रति परिवार यार्सा टिपेरै नै ५० हजारदेखि पाँच लाखसम्म आम्दानी गर्दै आईरहेको छ । प्रमुख आयस्रोतको लागी यार्सा टिप्न यहाँका बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अधिकांश स्थानीयवासी पाटन जाने गर्छन ।

प्रतिक्रिया दिनुहोस्