Logo

आरआर क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी



Spread the love

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ।स्ववियु निर्वाचनको गएराति अबेर सम्पन्न मतगणनामा तपेन्द्रबहादुर शाही नेतृत्वको प्यानल  विजयी भएको छ।

sobiu

शाहीले कुल खसेको १२ सय ७८ मतमध्ये ६९९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका उत्तमप्रसाद साउदले ३ सय ६७ मत प्राप्त गरे। यस्तै सचिवमा अनेरास्ववियुकै नारायण शर्माले ६९६ र कोषाध्यक्ष संगमप्रसाद देवकोटाले ७ सय १० मत प्राप्त गरी विजयी भए।
प्रत्यक्षतर्फ सदस्यहरुमा दिनेश बजगाईँ, सुजिता धिताल, जनक शाही, श्यामबहादुर वि.क., उर्वशी सिंह नेपाली, दिपक खतिवडा, मदन भण्डारी र उज्ज्वल न्याैपाने निर्वाचित भएका छन्।

मिश्रित प्रणालीमा भएको निर्वाचनमा समानुपातिकतर्फ अनेरास्ववियुले ७ सय ७७, नेविसंघले ३ सय ५०, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड) ले ५३, संयुक्त प्यानलले ५२, नेक्राविसंघले ५ र अनेरास्ववियु पाचौँले ६ मत प्राप्त गरे। सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले चुनाव बहिस्कार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्