Logo

सल्यान रुकुम यातायात समितिले राहत स्वरूप एक लाख प्रदान गर्‍यो



Spread the love

17629973_828798173952387_3986926512677760737_n

सल्यान रुकुम यातायात व्यवसायी समितिको नियमित बैठक मङ्गलवार समितिको प्रधान कार्यालय श्रीनगरमा सम्पन्न भएको छ ।

बैठकले समिति भित्रका गतिविधिको समीक्षा र आगामी कार्ययोजनाका बारे छलफल गर्नुका साथै गत असोज २१ गते गाडी दुर्घटनामा परि ज्यान गुमाएका सल्यान श्रीनगरका घनश्याम थापाको परिवार लाई राहत स्वरूप रु एक लाख नगत रुपैयाँ हस्तान्तरण गरेको छ ।

सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानका अध्यक्ष लोकमान बुढाथोकीले मृतक घनश्याम थापाकी श्रीमती धनसरी थापालाई एक लाख रुपैयाँ सहयोग स्वरूप समिति मार्फत हस्तान्तरण गर्दै,सल्यान रुकुम यातायात व्यवसायी समितिले सधैँ निस्वार्थका साथ जनताको सेवामा तल्लीन रहने बताएका छ्न ।आफ्नो सफल तथा इमानदार व्यवसायी गुमाउनुको पीडा आफूहरू माझ रहेको र उक्त क्षेतिको पुर्ती कतै बाट पनि नहुने भएकाले समितिको तर्फ बाट घरपरिवार लाई आर्थिक रूपले सहयोग गरेको बताएका छन् ।

17523375_828798263952378_2165262842462540300_n
मृत्युक घनश्याम थापाकी श्रीमतीले धनसरी थापाले सल्यान रुकुम यातायात व्यवसायी समिति आफ्नो अभिभावक बनेको बताएकी छिन ।आफ्नो परिवार भित्र श्रीमान् गुमाउनुको पिडालाई बेला बेला कम गराउन भूमिका खेली रहेको समितिले, आज आफूलाई यति ठुलो रकम हस्तान्तरण गर्दा हदैसम्मको राहतको महसुस भयको बताईन ।

लु १ ज २९३४ नम्बर जिपका चालक समेत रहेका सोही गाडीका मालिक घनश्याम थापाको गत असोज २१ गते बिहान गाडी दुर्घटनामा परि कजेरी मदमकाडामा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्