Logo

काली नदीमा डुबेर मृत्यु



Spread the love

 २९ बैशाख, काठमाडाैँ – पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर १ वाकामलाङ्को लितिपिरिङस्थित काली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । आज दिउँसो पौडी खेल्ने क्रममा साथीसँगै नदीमा गएका २१ वर्षीय डोसबहादुर तामाङको ज्यान गएको प्रहरीले बताएको छ ।

नुवाकोट, दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ सानो ओढारेका तामाङ अहिलेसम्म नभेटिएको इलाका प्रहरी कार्यालय रामपुरका भूपालसिं रानाले जानकारी दिए । छ दिनअघि मात्रै मजदूरीका निम्ति आएका तामाङ्का श्रीमती र दुई वर्षीय छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्