Logo

अर्घाखाँचीमा क्रियापुत्रीले दिए कक्षा ११ को परीक्षा



Spread the love

२७ बैशाख, अर्घाखाँची – आज देखि सुरु भएको कक्षा ११ को परिक्षामा पहाडी जिल्ला अर्घाखाँचीमा एक जना क्रियापुत्री विद्यार्थीले पनि परिक्षा दिएका छन् । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ५ को सार्वजनिक माध्यमिक विद्यालका स्माईल थापाले परिक्षा दिएको सञ्चारकर्मी मधुसुधन पाण्डेले जानकारी दिएका छन् ।

उनले आज जिल्लाको सुर्यथुम बहुमुखी क्याम्पस सुर्यथुमबाट अनिवार्य अङग्रेजी विषयको परिक्षा दिएका हुन् । बुबा बितेको सातौ दिनको दिन देखी परिक्षा सुरु भएपछि उनि परिक्षा दिन बाध्य भएका हुन् ।

अनिवार्य अङ्ग्रेजी बिषयको परीक्षा दिएपछि संक्षिप्त कुराकानीमा उनले आफुले अनिवार्य अङ्ग्रेजी विषय बिना तयारी पनि राम्रै गरेको प्रतिक्रिया दिएका छन्।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्