Logo

अन्ततः सिटि नै भयो प्रिमियर लिग च्याम्पियन



Spread the love

२९ बैशाख, काठमाडाैँ – इंग्लिस क्लब म्यानचेस्टर सिटिले लगातार दोश्रो पटक प्रिमियर लिगको उपाधि रक्षा गरेको छ । आज भएको ब्राइटनसँगको खेलमा ब्राइटनलाई ४–१ गोलले पाखा लगाउँदै सिटी लगातार दोश्रो पटक च्याम्पियन भएको हो ।

सिटिलाई आजको खेलमा विजयी गराउँदै प्रिमियर लिगको उपाधि दिलाउँन सर्जियो अगुएरो, एमरिक लापोर्टे, रियाद महारेज तथा इलके गुन्डोगनले १–१ गोलको योगदान गरे । म्यानचेस्टर सिटिले आजको खेलमा पछि परेको स्थितिलाई उल्ट्याउँदै नतिजा आफ्नो पक्षमा पारेको हो ।

खेलको २७ औँ मिनेटमै गोल खाँदा केहि दबाबमा देखिएको सिटि १ मिनेटमै खेल बराबरी गर्न सफल भयो । खेल बराबरी भएको अवस्थामा ३८ औँ मिनेटमा लापोर्टेले गोल गर्दै अवे मैदानमा सिटिलाई अग्रता दिलाए । त्यसै गरी खेलको ६३ औँ मिनेटमा महारेजले तथा ७२ औँ मिनेटमा गोल गर्दै सिटिलाई लिग विजेता बनाए ।

उता उपाधि होडमा रहेको लिभरपुल भने सिटि भन्दा १ अंकले पछाडी पर्दै अंक तालिकाको दोश्रो स्थानमा रहन सफल भएको छ । आज भएको खेलमा वुल्भरह्यामटनलाई २–० ले पराजित गरे पनि उपाधि भने जित्न सकेन ।

प्रतिक्रिया दिनुहोस्