Logo

जेठमा राष्ट्रिय बीच भलिबल हुने



Spread the love

३० बैशाख, कास्की – नेपाल भलिबल सङ्घको आयोजना तथा कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा छैटौँ महिला तथा सातौँ पुरुष राष्ट्रियबीच भलिबल प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।

उक्त प्रतियोगिता आगमी जेठ २३ देखि २५ गतेसम्म पोखरामा हुने हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सात प्रदेशको सहभागिता रहनेछ ।

प्रत्येक प्रदेश र विभागीय महिला÷पुरुष दुई–दुई टोली गरी ४० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको महिला र पुरुष पहिलो हुने टोलीले रु ३० हजार, दोस्रो हुनेले रु २० हजार र तेस्रो हुने टोलीले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । आगामी मङ्सिरमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को तयारीका लागि सङ्घले उक्त प्रतियोगिता आयोजना गर्न लागेको महासचिव चन्दले बताए । खेलाडी छनोट गरी उनीहरुलाई बन्द प्रशिक्षणमा राखिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्