Logo

गुल्मी मरभुङ्गका युवाहरू काठमाडौँमा जुट्दै



Spread the love

dsc_0723

अहिले गाउँदेखी सहरसम्म, चिया पसलदेखी भट्टीसम्म, चोकचोकमा, गल्लीगल्लीमा स्थानीय चुनावको माहोल देख्न सकीन्छ तर गुल्मी मरभुङ्गका युवाहरू जो अहिले काठमाडौँमा अध्ययनको शीलशीलामा छन, उनीहरूले राजनीतीक पार्टीहरूलाई पर सारेर काठमाडौँमा दुईपटक सम्म भेला सम्पन्न गरेका छन् ।

मरभुङ्ग बिध्यार्थी समाज, काठमाडौँ नामाकरण दिइएको यो समाजमा ३ वटै पार्टीका बिध्यार्थीहरू रहेतापनि मिलेर , एउटा भाइवन्धुको भावनाले अगाडी बढ्न चाहेको र सिंगो देशलाई नै ठूलो शन्देश दिन चाहेको समाजका अध्यक्ष तारा प्रसाद अर्यालले बताउनुभयो । दोस्रो पटकको भेला पनि वाल्मीकी क्याम्पसमै सम्पन्न भयो।

भेलामा अतिथीको रूपमा आउनुभएका विक्रम केसी, अध्यक्ष ताराप्रसाद अर्याल, समाजका सचिव सरोज अर्याल, समीर अर्याल र प्रमोद अर्यालले मन्तब्य दिनुभएको थियो भने कार्क्रमको सन्चालन भिम पौड्यालले गर्नुभएको थियो।

त्यस्तै भेलाले दुईवटा महत्वपूर्ण निर्णयहरूसमेत गरेको छ।

१. वैशाख २ गते काठमाडौँमा बसोवास गरीरहेका मरभुङ्गवासीलाई वनभोज लैजाने

२. र त्यसै दिन मरभुङ्गको चित्र झल्कने क्यालेन्डर प्रकाशन गर्ने

प्रतिक्रिया दिनुहोस्