Logo

बसको ठक्करबाट १ पैदल यात्रुको मृत्यु



Spread the love

३० वैशाख , सिराहा l सिराहा धनगढीमाई नगरपालिका-११ सोनापुरस्थित सडकमा बसको ठक्करबाट १ पैदल यात्रुको मृत्यु भएको छ l

मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका-४ बस्ने ८० वर्षीय देवीलाल यादव हुन् l ना.३ ख ६९७८ नम्बरको बसको ठक्करबाट गम्भीर घाईते भएका यादवलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो l

उक्त बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्