Logo

युभेन्टसको लज्जास्पद हार



Spread the love

३० वैशाख, काठमाडौं ।  आइतबार इटालियन सिरी ए अन्तर्गत एएस रोमाले लिग विजेता युभेन्टसलाई २-० ले पराजित गरेको छ ।

एलेसान्द्रो फ्लोरेन्जीले ७९ औं मिनेटमा रोमालाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा एडिन जेकोले गोल गर्दै रोमाको जित सुनिस्चित गरे । त्यसअघि क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि रेफ्रीले उक्त गोललाई अफसाइड दिँदै मान्यता दिएको थिएन।

पहिलो हाफमा दुवै टोलीले पोस्टमा प्रहार गरेका थिए । रोमाका लोरेन्जो पेलेग्रिनी र युभेन्टसका पाउलो डीबालाको प्रहार पोस्टमा लागेको थियो । जितसँगै रोमाले च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्