Logo

किरण चेम्जोङ हन्ड्रेड प्लसको ब्रान्ड एम्बेसडरमा नियुक्त



Spread the love

३० वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङ हन्ड्रेड प्लसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।

किरण र हन्ड्रेड प्लस आईसोटोनिक स्पोर्ट्स ड्रिंकको बिक्रेता आधिकारिक सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। २ वर्षका लागि किरण ब्रान्ड एम्बेसडरमा नियुक्त भएपनि रकम भने खुलाएको छैन ।

प्रबन्ध निर्देशक केसी,किरण, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले हन्ड्रेड प्लस सार्वजनिक गरेका थिए ।

किरणले सहाराले आफुलाई ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त गरेको खुसी व्यक्ति गर्दै मलेसियन उत्पादन हन्ड्रेड प्लसले नेपालमा बजार लिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्