Logo

जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विशेष पूजापाठ



Spread the love

३० वैशाख, जनकपुरधाम । आज जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पूजापाठ गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले करिब १० मिनेट पूजापाठ गरेपछि मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले सम्मान गरेका हुन् । उक्त मन्दिरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी छिन् । साथै राष्ट्रपति भण्डारीलाई प्रदेश नमूना दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र साधुसन्त लगायतले स्वागत स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्