Logo

प्रदुषण बिरुद्द सचेतना फैलाउन राजधानिमा “डस्टमाण्डौं टु काठमाडौं” अभियान



Spread the love

काठमाडौंमा बढ्दो वायु प्रदुषणलाई कम गर्ने उदेश्यका साथ सरकारको ध्यान अाकर्षण एंव नागरिकहरुमा सचेतना फैलाउने उदेश्यका साथ युवाहरुको सक्रियतामा Dus17457743_1704293003202943_3141968497685795210_ntmandu To Kathmandu नामक अभियानको आयोजना हुँदै छ।

नेपालको संविधान २०७२ को धारा ३० मा मौलिक हकको रुपमा स्वच्छ वातावरण संबन्धी हकको व्यबस्था गरिएको छ। जसको उपधारा (१) मा प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक हुनेछ, उपधारा (२) मा वातावरणिय प्रदुषण वा ह्रासबाट हुने क्षतिबापत पिडीतलाई प्रदुषकबाट कानुन बमोजिम क्षतिपुर्ती पाउने हक हुनेछ भनि संबिधानमा उल्लेख गरिएपनि अब्यबस्थित बिकास निर्माणका गतिविधि, अत्याधिक सवारी प्रदुषण लगाएतका कारणले गर्दा राजधानिबासी जनता मौलिक हकबाट समेत बंचित हुनुपरेको छ। सांस्कृतिक संपदाको रुपमा चिनिएको शहर आज धुलोले पुरिएको छ, यसले राजधानिको पहिचान समेत हराउन थालेकोले अब पनि हामी नजाग्ने हो भने काठमाडौंको अबस्था बिकराल हुन भएकोले यो अभियानको थालनि गरिएको बताउछन, यसै अभियानका एक अभियन्ता सुनिल तामाङ।

विश्व स्वास्थ संगठनले निर्देशन गरेको न्युनतम मापदण्ड पिएम २.५ को मात्रा २५ माईक्रोन प्रति घनमिटर हुनुपर्नेमा वातावरण बिभाग द्दारा मापन गरिएको प्रदुषणको दर न्युनतम मापदण्ड भन्दा झण्डै तीन गुणा बढी देखिएकोले काठमाडौंबासी जनता स्वास्थको दृष्टिकोणले अत्यन्तै जोखिममा रहेको देखिएको छ।

अङ्रेजी मिती अनुसार अप्रिल एक तारिकलाई अप्रिल फुल अर्थात मूर्ख दिवसको रुपमा मनाउने विश्व प्रचलन रहेको छ। हाल काठमाडौंमा प्रदुषणको मात्रा यति धेरै बढिरहदां पनि नेपालसरकारले नेपाली जनतामाथी मुर्ख्याइँ व्यवहार गरेकोले अब हामी मूर्ख छैनौं, सरकार तिमी सचेत बन भन्ने मुल नाराका साथ अभियान अगाडी बढाईएको छ। उक्त सचेतनामुलक अभियान भृकुटीमण्डपमा बिहान ७ बजे सुरु भई शहिदगेट-सुन्धरा हुदैं रत्नपार्कमा गएर टुङ्गिने छ। यो एक सचेतना मुलक अभियान भएकोले कुनै पनि राजनैतिक संघ वा संस्थाको संलग्नता नरही आम सर्बसाधरण जनता प्रदुषण बिरुद्दको यस महाअभियानमा स्वत; स्फुर्त रुपमा सहभागी हुनेछन, यसै अभियानका अर्का एक अभियन्ता सरोज अर्यालले बताए।

स्वास्थका निम्ति स्वस्थ बाताबरण अावश्यक पर्ने भएकोले यो अबियान एक स्वतन्त्र आन्दोलन हो। यसमा कुनै पनि राजनैतिक वा संघ संस्थाको आयोजना नभएकोले आम।नागरिकलाई स्वतन्त्र रुपमा यश अभियानमा सहभागी हुन अनुरोध समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्