Logo

पीएसजीको यात्रामा असफल नेयमार



Spread the love

३० वैशाख, काठमाडौँ । पछिल्लो समय ब्राजिलियन स्टार फुटबल खेलाडी नेयमारले विश्व फुटबलमा खासै जम्न सकिरहेका छैनन् । नेयमारले यो सिजन पेरिस सेन्ट जर्मनमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

कहिले कारबाहीका भागेदार त कहिले स्वास्थ्यमा समस्या झेल्दै नेमारले धरै खेलहरु गुमाउनु पर्याे । यो सिजन पीएसजीका लागि नेयमारले लिग वानका १७ खेलमा १५ गोल र , फ्रेन्च कपमा ३ खेलमा २ गोल, च्याम्पियन्स लिगका ६ खेलमा ५ गोल, कोपा डे ला लिगा र ट्रफि डेस च्याम्पियनमा एक खेल खेले ।

नेयमारले समग्रमा सबै खेलमा गरी २३ गोल गरेका छन् । उनले यो सिजन धेरै खेल नखेले पनि अर्काे सिजन च्याम्पियन्स लिगका तीन खेल र कोपा डे फ्रान्सका तीन खेल गुमाउने भएका छन् ।

यो सिजनमा मात्रै दुईपटक घाइते भएर धेरै खेल गुमाइसकेका छन् । उनले च्याम्पियन्स लिगको समूह चरणका खेलहरु मात्र खेल्न पाए । यता घरेलु लिग लिग वानमा पनि धेरै समय बिताउन पाएनन् । गएयता नेयमारलाई पीएसजी शीर्ष अवार्डहरुको मनोनयनमा पर्न पनि धेरै मुस्किल भएको छ ।पीएसजीमा नेयमारले धेरै समय बेन्चमा मात्र बिताएका छन्।

प्रतिक्रिया दिनुहोस्