Logo

जान्नुहोस् गर्मीयाममा स्वस्थ रहने उपायहरु



Spread the love

संसारमा गर्मी र जाडो उतिकै हुने गर्दछ । सोही अनुसार अहिले भने गर्मीको मौसम बढिरहेको छ l मानिसहरूले जाडोमा भन्दा गर्मी मौसममा आफ्नो शरीरको ध्यान राख्नु जरुरी रहेको छ l किनकि गर्मी मौसममा बढी पसिना निस्कने हुँदा शरीरमा पानीको मात्रा कम हुने गर्दछ । जसले गर्दा मानिसमा कमजोरीहरू देखा पर्न थाल्छन् । यस कारण मानिसहरूले पानीको सेवन बढी मात्रामा गर्नुपर्दछ l जसका कारण शरीरको तापक्रम पनि सन्तुलित राख्दछ ।

गर्मीयाममा यसरी रहन सकिन्छ स्वस्थ, हेर्नुहोस् उपायहरू :

चियाकफी कम पिउने
बढी जसो मानिसहरूले चियाकफी पिउने गर्दछन् l जसका कारणले शरीरमा सुगरको लेबल बढाइदिनुका साथै स्वास्थ्य समस्या उत्पन्न हुन सक्दछ l सो कारण यसबाट टाढा नै रहनु उचित रहन्छ l

चिसो पेयपदार्थ
गर्मीयाममा मानिसहरूले प्यास मेटाउनका लागि चिसोपानी पिउने गर्दछन् तर यसबाट प्यास मेटिँदैन किनकि चिसोले रक्तनली खुम्च्याइदिने हुनाले शरीरमा समस्या उत्पन्न हुन्छ । सो कारण यस्ता चिसो पेयपदार्थ देखि टाढा नै बस्नु राम्रो रहन्छ l

ड्राई फ्रुट्स
प्राय मानिसहरूले मन पराउने भनेकै ड्राई फ्रुट्स हो । तर यसको सेवनले शरीरको तापक्रम बढाउने हुनाले गर्मीमा खानु हुँदैन । यसको सट्टा ताजा फलफुल नै खाए शरीरको लागि उचित रहन्छ ।

गुलिया खानेकुरा
गुलिया खानेकुरा बढी खानाले शरीरलाई गर्मी बनाउँदछ l त्यसैले यसको सेवनबाट टाढा नै रहनु पर्दछ l

प्रतिक्रिया दिनुहोस्