Logo

जान्नुहोस् पसिना बढी निकाल्नुका फाईदाहरु



Spread the love

जाडो महिनामा भन्दा गर्मी मौसममा मानिसहरूको पसिना बढी आउने गर्दछ l तर यसमा चिन्ताको कुरा भने छैन किनकि शरीरबाट पसिना निस्कनु स्वास्थ्यको लागि उचित रहेको पाईन्छ l पसिनाले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्नुका साथै अनेक रोगहरुबाट पनि बचाउँदछ ।

हेर्नुहोस् पसिना निस्कँदा हुने फाइदाहरू :

छाला सफा
पसिना आउने हुँदा शरीरको फोहोरहरुलाई बाहिर निकाली छालाको सफा गर्दछ ।

चम्किलो छाला
बढी मात्रामा पसिना आउने हुँदा मृत छाला झरिकन त्वचामा प्राकृतिक निखार ल्याउँदछ ।

तौल घटाउन
मानिसहरूले व्यायाम गर्दा बढी मात्रामा पसिना निस्कन्छ, जसबाट शरीरको क्यालोरी डढ्छ र तौल घटाउन मदत गर्दछ ।

पत्थरी हटाउन
शरीरमा अत्यधिक पसिना निस्कँदा व्यक्तिहरूले पानी धेरै पिउने गर्दछन् । जसले गर्दा शरीरको फोहोर सफा हुन्छ, र मिर्गौलामा पत्थरी बिरामीलाई पनि धेरै फाइदाजनक रहन्छ ।

तनाव
शरीरमा बढी मात्रामा पसिना निस्कँदा शरीरको तापमान सन्तुलित रहन्छ । जसका कारणले दिमागलाई फ्रेश बनाउनुका साथै तनाव पनि हटाउँदछ ।

रक्तसञ्चार
शरीरमा अधिक मात्रामा पसिना निस्कने हुँदा रक्तसञ्चार तेज हुन्छ जसले गर्दा शरीर स्वस्थ रहन्छ ।

प्रतिक्रिया दिनुहोस्