Logo

गाडी दुर्घटनामा परे हरिवंश आचार्य



Spread the love

चर्चित हास्यकलाकार हरिवंश आचार्य गाडी दुर्घटनामा परेका छन् । बिहिवार दिउँसो आचार्यको कारलाई बसले ठक्कर दिएको हो । आचार्यले चलाएको बा १३ च १२२९ नम्बरको कारलाई सर्वोच्च अदालत अगाडी रामशाहपथमा पछाडिबाट आएको बसले ठक्कर दिएपछि दुर्घटना भएको थियो । आचार्य सकुशल भएपनि उनको गाडी भने क्षतीग्रस्त भएको छ । हरिवंश आचार्यले दुर्घटनापछि आफु सुरक्षित रहेको जानकारी दिएका छन् ।

hariउनका अनुसार, एक्कासी एक व्यक्तिले बाटो काट्दा दुर्घटना भएको हो ।
मान्छेले एक्कासी बाटो काटेपछि आचार्यले ब्रेक लगाएका थिए । सोहि बेला पछाडिबाट आएको बसले आचार्यको कारलाई ठक्कर दिएको हो ।

प्रतिक्रिया दिनुहोस्