Logo

३० हजार तिरेर उम्के बिच सडकमै सर्वसाधारण कुट्ने प्रहरी



Spread the love
प्रतीकात्मक तस्बीर

३० बैशाख, गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा बिच सडकमै सर्वसाधरण कुट्ने प्रहरी ३० हजार तिरेर उम्केका छन् । गत शुक्रबार सदरमुकाम तम्घासको मिलनचोकमा जिल्लाको ईस्मा गाँउपालिका घर भई स्याङ्जामा कार्यरत ट्राफिक प्रहरी शिवलाल जिसीले स्थानीय ३१ वर्षीय रेमलाल वस्याल माथि हातपात गरेका थिए ।

सदरमुकाम तम्घासको मिलनचोकमा मोटर साईकल चलाईरहेका वस्यालले आफ्नी छोरीलाई ठक्कर दिएको भन्दै ट्राफिक प्रहरी जिसीले “म प्रहरी हुँ मलाई कसैले केही गर्न सक्दैन र प्रहरी कार्यालय पनि जान पर्दैन” भन्दै वस्याललाई कुटेका थिए । बस्यालले भने “कुटिरहेको बेला जिल्ला ट्राफिक कार्यालय गुल्मीमा कार्यरतको नाम स्पष्ट देखिएन तर अधिकारी थर गरेका ट्राफिक प्रहरीले यस्तालाई नकुटेर कस्तालाई कुटने त ।”

सोमबार सल्लेरी खबरसँग कुराकानी गर्दै पिडित वस्यालले प्रहरी माथि कुनै मानवता नभए पनि उसका पनि मेरा जस्तै छोराछोरी छन् र छोराछोरी को दयाले गर्दा आफु मिलेको बताएका छन् ।

ट्राफिक प्रहरी जिसीलाई ३० हजार जरिवानना गरिएको बस्यालले बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्