Logo

कविताः मानसिक यातना



Spread the love

जाड बातावरण जसरी एकाएक फेरिन्छ
सुकेका पत्ताहरु एकाएक हरिया देखिन्छन्
फुलहरु लाग्न थाल्छन् बोटहरुमा
कोइलीको भाकाले गुन्जायमान हुन्छ वरीपरी
सायद यस्तै हुन्छ माया जिन्दगीमा पसेपछि
पुतलीलाई फूलको न्यास्रो लाग्दो हो
मलाई तिम्रो लागेजस्तो !

कोइलीले गीत गाएर अरु कोहीलाई जिस्काउँदा
मलाई लाग्थ्यो म तिमीलाई जिस्काइरहेछु !
सायद यस्तै हुदो हो
जिन्दगीमा माया पसेपछि !
लाग्थ्यो कस्ता कस्ता कठिन यात्रा तय गर्ने सहास बोकेको छ यो शब्दले !
लाग्थ्यो यो जतिको पवित्र शब्द बिरलै भेटिएलान् !

अचेल बाहिर हावा चल्दा मनमा आगो बल्छ
त्यो हावाले सक्दैन ज्वाला निभाउन
फुकेर त मैनबत्ति मात्र निभ्छ !
रात ओझेलमा परेका छन्
सहयात्रा र सपनाको कुरा गर्न नपाउँदा !
कोइलीले गाएको सुमधुर गीत पनि वियोगको जस्तो लाग्छ !
लाग्थ्यो माया स्वास हो, आश हो बिश्वास हो
अचेल सबै झुट जस्तो लाग्छ !
लाग्छ केवल माया
मा : मानसिक या : यातना हो !

ट्रान्स्पोर्टेसन इन्जिनियरिङ्गमा स्नातकोत्तर गरिरहेका आचार्य सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया दिनुहोस्