Logo

प्रेमीद्वारा आफ्नै प्रेमिकाको घाँटी रेटी हत्या



Spread the love

३० वैशाख, पाँचथर । आइतबार साँझ हिलिहाङ गाउँपालिकामा घाँटी रेटी हत्या गरिएकी शीतल योङहाङको हत्या उनकै प्रेमीले गरेको अनुसन्धानबाट खुलेको छ ।

सोमबार दिउँसो घटनामा संलग्न भएका फाल्गुनन्द गाउपालिकाका २० वर्षीय युवक भगिरथ बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ । बाँस्तोलाले आफू र शीतलको प्रेमीले उनको हत्या गरेको स्वीकार गरेका छन् ।

घटनामा संलग्न रहेका २० वर्षीय पदम तामाङ फरार रहेकोले उनको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिए । फरार रहेका तामाङ र शीतलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र एक महिना यता प्रेम सम्बन्धमा खटपट आएको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्