Logo

१ दशक पुग्न लाग्दा पनि लोडसेडिङ मुक्त्त गुल्मीमा अघोषित लोडसेडिङ



Spread the love

३० बैशाख, काठमाडाैँ – कालीगण्डकी ए प्रभावित जिल्ला गुल्मीलाई लोडसेडिङ मुक्त जिल्ला घोषण गरेको एक दशक पुग्न  लाग्दा पनि जिल्लामा नियमित विद्युत आपुर्ती हुन भने सकेको छैन । लोडसेडिङको कुनै तालिका नभए पनि गुल्मीमा दैनिक ६ घण्टा बढी लाईन जाने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।

यसरी विद्युत छिनमा आउने र जाने गर्दा लिफ्टीङ्ग सिस्टमबाट खानेपानीको उपभोग गरिरेहेका उपभोक्ता तथा जिल्लाका सञ्चार माध्यम र शैक्षिक संस्था बढि समस्यामा परेका छन ।

यता नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले भने गुल्मीको संरचनामा विकास नभएसम्म गुल्मीमा लाईनको समस्या रहिरहने बताएका छन् । उनले भने “गुल्मीको वितरण लाईन सारै लामो छ बुटवल ,पाल्पा,रिडी,विरवास हुँदै तम्घास धुर्कोटसम्म पुर्याउने प्रमुख लाईनकको दुरि २६५ मिटर हुदा ठाउँ–ठाँउका सव-स्शटेशनमा समस्या आउँदा विद्युत नियमित आपुर्ति हुन नसकोको हो ।
साथै गुल्मीमा अहिले विभिन्न ठाउँमा सव–स्टेशन बन्दै गरका छन् तर ति सव-स्टेशन बने पनि गुल्मीको विद्युत समस्या समाधन हुदैन र १ सय ३२ केवीको लाईन गुल्मीमा नआएसम्म समस्या यथावत् रहनेछ ।”

केहि दिन अघि मात्र गुल्मी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ गुल्मीले ज्ञापन पत्र बुझाउँदै समस्या समाधान गर्न ३  दिनको अल्टीमेटम समेत दिएको थियो ।

तत्काल भने रिडी पावर हाउसमा समस्या आउँदा लाईनमा समस्या आएको र प्राविधिक बोलाएको र छिटै समस्याको समाधान हुने गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बताए ।

यता विद्युत प्राधिकरण गुल्मीले ध्यान नदिँदा जिल्लाका विभिन्न ठाउँमा तार पोल लथालिङ्ग रहेका छन् भने कतिपय ठाउँमा  ढुङ्गा बाधेर भए पनि उपभोक्ताहरु विजुली बाल्न बाध्य भएका छन् ।

यता प्राधिकरण प्रमुख अर्यालले भने त्यस्ता समस्या भएका ठाउँमा तुरुन्त एक्शन लिने र २ दिन भित्र समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्