Logo

इश्मा गाउँपालिकामा राष्ट्रिय जागरण अभियान सम्पन्न



Spread the love

३० बैशाख, गुल्मी – नेपाली कांग्रेस गुल्मीले सुरु गरेको छैठाैँ दिनको राष्ट्रिय जागरण अभियान कार्यक्रम सोमबार इश्मा गाउँपालिकाको वडा न.३ दर्लामचौरमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसको संगठनलाई वडा तहदेखि नै शशक्त तथा उर्जाशिल बनाउँदै सरकारको संरक्षणमा भएका भ्रष्टाचार,अन्याय ,संबैधानिक निकायमा गरिएको हस्तक्षेप ,प्रेसमाथिको हस्तक्षेप र सरकारले गरेको हरेक ज्यादतीको विरुद्ध आम जनतालाई जागरुक गराउनु यस अभियानको उदेश्य रहेको थियो ।

जागरण अभियान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य हरिप्रसाद नेपालले नेपाली कांग्रेसले बिगत समयमा लिएको नीति तथा कार्यक्रमका कारण नेपालको विकासमा ढोका खुलेको दाबी गर्दै नेपालका कम्युनिस्टहरू घोषणापत्र र कुरा एउटा गरे पनि काम जनतामारा र राष्ट्रघाती गरिरहेको आरोप लगाए ।

नेपालको इतिहास र विकासक्रमको बारेमा जानकारी दिदै नेता नेपालले कम्युनिस्ट सरकारले ठुला कुरा बाहेक केहि नगर्ने भएकोले धेरै आशावादी नहुन जनतालाई अनुरोध समेत गरे ।”अब पनि जनताले कम्युनिस्टका खोक्रा नारा र नितिप्रती विश्वास गरे देशमा ठुलो दुर्घटना पर्ने र सो को मुल्य देश र जनताले चुकाउनु पर्ने छ” उनले भने ।

केपि ओलि,माधब नेपाल जस्ता नेकपाका शीर्ष नेताहरुले होलिवाइन खाएर एक करोडको लोभमा परम्परागत हिन्दु,बौद्ध लगायतका नेपाली धर्म र सस्कृतिलाई सिध्याउन लागि परेको विचार समेत नेपालले व्यक्त गरेका थिए ।

नेता नेपालले सोही कार्यक्रममा नेपाली कांग्रेसको महासमिति र केन्द्रीय समितिको बैठकबाट पारित विधान सामाजिक समावेशी खालको रहेकोेले यसले पार्टीभित्र रहेका अधिकांश असन्तुष्टिलाई सम्बोधन गरेको दाबी समेत गरे ।

नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ ,पुर्व सभापति चन्द्रबहादुर के.सि.,सचिव खिलध्वज पन्थीको बिशेष उपस्थिति रहेकोे कार्यक्रममा सचिव विष्णु कुमारी सापकोटा,जिल्ला सदस्य छन्द बहादुर पहराइ मगर,क्षेत्रीय सभापति भगतसिंह खड्का,नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष झबिन्द्र अर्याल लगायतका वक्ताले कम्युनिस्ट सरकारको संरक्षणमा देशमा बढ्दै गएको भ्रष्टाचार,हत्याहिंसा, बलात्कार र अराजकता प्रति चिन्ता व्यक्त गर्दै जागरण अभियानले यस्ता अपराधिक गतिविधि रोक्न सफल हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस जिल्ला सदस्य तथा छाया सरकार प्रमुख चन्द्रबहादुर महतको अध्यक्षता र रेशम कुवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा काङ्ग्रेसका जिल्ला सदस्य, क्षेत्रीय समिति,इश्मा गाउँपालिकाका वडा सभापतिहरु र विभिन्न भार्तृ संगठन तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो भने कार्यक्रममा नेकपा सहित विभिन्न राजनीतिक दल परित्याग गरि करिब २ दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस गुल्मीले पहिलाे चरणमा १ महिनासम्म सञ्चालन हुने कार्यक्रम अन्तर्गत बैशाख २६ गते सत्यवती,२७ गते कालीगण्डकी ,२८ चन्द्रकोट,२९ गते मुसिकोट नगरपालिका र आज ३० गते इश्मा गाउँपालिकामा सम्पन्न भएको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्