Logo

बुद्धजयन्तीमा नेपालमय बन्यो लन्डन



Spread the love

३१ वैशाख , काठमाडौं ।

लन्डनको ट्राफल्गर स्क्वायर आइतबार नेपालमय बन्यो। दिनहुँ दसौं हजार देशीविदेशी पर्यटक आवतजावत रहने यो ऐतिहासिक केन्द्र नेपाली राष्ट्रिय झन्डा, ध्वजापताका र नेपालको पर्यटन प्रवद्र्धनात्मक विभिन्न पोस्टर तथा तस्बिरले रंगिएको थियो। सयौं बेलायती तथा विदेशी पर्यटकसमेतको ध्यान आकृष्ट गर्ने गरी ‘ओम् माने पद्मे हुँ’ देखि नेपालको राष्ट्रियगान र सारंगीको धुनसम्म गुञ्जिए। यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।

मौलिक नेपाली पोसाकमा सजिएका कलाकारका आकर्षक नृत्य हेर्न र तस्किर लिन कैयन् विदेशी पनि झुम्मिए। बुद्धजयन्तीका अवसरमा बुद्ध फाउन्डेसन यूकेको विशेष अगुवाइमा विगत केही वर्षदेखि ट्राफल्गर स्क्वायरमा कार्यक्रम हुँदै आएको छ। कपिलवस्तु समाज यूके, लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघलगायतको सहकार्य रहेको कार्यक्रममा बेलायतस्थित धेरै नेपाली संघसंस्थाको ऐक्यबद्धता र सहभागिता थियो।

६ सय जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा लन्डनसहित आसपास र लन्डनबाहिरका कतिपय क्षेत्रबाट घन्टौंको यात्रा गरेर आउनेसमेत थिए। बेलायती र गैरनेपालीको सहभागिता भने न्यून देखिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्