Logo

प्रतिबन्धित भारतीय नोटसहित छ पक्राउ



Spread the love

३१ बैशाख, काठमाडाैँ – महानगरीय प्रहरी परिसर काठमाडौँले १५ लाख ९० हजार ५०० प्रतिबन्धित भारतीय रुपैयाँसहित छ जनालाई पक्राउ गरेको छ ।

नेपाल तथा भारतमा कारोवार गर्न बन्देज गरिएको भारतीय एक हजार र ५०० दरका नोट बोकी विभिन्न प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गर्न सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई कामपा–१६ नयाँबजारस्थित होटल मेट्रो इनबाट गएराति पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का २१ वर्षीय शम्भु परियार, दोलखाको तामाकोशी गाउँपालिका–३ का २३ वर्षीय रामविक्रम खड्का, कास्कीको पोखरा महानगरपालिका–५ का ४० वर्षीय सन्तोष थाापा, बागलुङको बडिगाड गाउँपालिका–५ का ३२ वर्षीय नवीन थापा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का ३६ वर्षीय राजेन्द्र तामाङ र सोही ठाउँका ३७ वर्षीय धनध्वज तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्