Logo

इन्डो प्यासिफिक रणनीति बुझाउँन अमेरिकी अधिकारी नेपालमा सक्रिय



Spread the love

३१ वैशाख , काठमाडौं ।

इन्डो प्यासिफिक कमान्ड र रणनीतिबारे थप प्रस्ट पार्न अमेरिकी अधिकारी नेपालमा सक्रिय भएका छन्।

इन्डो प्यासिफिक रणनीतिबारे द्विविधा हुन थालेपछि अमेरिकी विदेश मन्त्रालयले विभिन्न स्तरका अधिकारीलाई नेपाल पठाएर जानकारी गराउन थालेको हो। अमेरिकाको इन्डो प्यासिफिक क्षेत्र, कमान्ड र रणनीतिबारे नेपालमा आमबुझाइ फरक छ।

नेपालजस्तो भूराजनीतिक महत्व रहेको मुलुकमा यसबारे स्पष्ट हुनुपर्ने धारणा अमेरिकाको छ। इन्डो प्यासिफिक रणनीतिका सम्बन्धमा राजदूत र्‍यान्डी बेरीले विभिन्न टेलिभिजन तथा पत्रिकामा अन्तर्वार्ता दिँदै आएका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक अमेरिका भ्रमण, त्यहाँ भएको सहमति र अमेरिकी विदेश मन्त्रालयको ट्विटपछि इन्डो प्यासिफिक रणनीतिबारे नेपालमा निकै चासो बढेको छ। यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्