Logo

वडा नम्बर १२ को पोल्टामा मेयर कप फुटबलको उपाधि



Spread the love

३१ बैशाख, धनगढी – मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १२ ले जितेको छ ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा सोमबार भएको फाइनलमा वडा नम्बर १८ लाई सडन डेथमा ९-८ गोल अन्तरले वडा १२ ले उपाधि चुमेको हो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

उपाधिसंगै वडा नम्बर १२ ले एक लाख नगद हात पारेको छ । उपविजेता बनेको वडा नम्बर १४ ले ५१ हजार प्राप्त गर्यो ।

प्रतियोगितामा उत्कृष्ट परवार्ड वडा नम्बर १४ का बादल पाख्रिन, उत्कृष्ट गोलरक्षक वडा नम्बर १४ कै पारस खत्री, उत्कृष्ट रक्षक वडा नम्बर १२ का सन्दिप गुरुङ र उदियमान खेलाडी वडा नम्बर १२ का बिबेक सञ्जेल घोषित भए । उनीहरुले समान ५ हजार ५ सय पुरस्कार प्राप्त

प्रतिक्रिया दिनुहोस्