Logo

‘वीर विक्रम २’ घोषणा :लिडमा प्रियंका,के होलान् दयाहाङ ?



Spread the love

गत भदौमा रिलिज भइ दर्शकको मन जितेको तथा नेपाली वक्सअफिसमा सफल विजनेस गरकेो फिल्म ‘वीर विक्रम’को सिक्वेल निर्माण घोषणा गरिएको छ । निर्देशक मिलन चाम्सले सिक्वेल निर्माणको पुष्टि गरे । युटुबमा सार्वजनिक गरेको २ हप्तामा २३ लाख बढी भ्यूअर्स पाइसकेको चलचित्र वीर विक्रमको पार्ट २ बन्ने कुराको पृष्टि निर्देशक एवं निर्माता मिलन चाम्सले फेसबुकमार्फत गरेका छन् ।

milan-chams

निर्देशक चाम्सले सिनेमा हल र युटुबमा दर्शकहरुले दिएको माया र साथका कारण वीर विक्रम २ निर्माण गर्न लागेको बताए ।
२०१७ को लास्टतिर फ्लोरमा जाने तयारी भइरहेको यो चलचित्रका लागि नायिका प्रियंका कार्की भने फाइनल भइसकेकी छिन् । यसअघि प्रियंकाले निर्देशक चाम्सको निर्देशनमा बनेको चलचित्र ह्याप्पी डेजमा काम गरिसकेकी छिन्, जुन रिलिजको तयारीमा छ ।

खबरका अनुसार, चलचित्र वीर विक्रम २ मा पहिलो पार्टका करिब ७० प्रतिशत कलाकारहरु दोहोरिनेछन् । चलचित्र वीर विक्रमको घोषणासँगै मिलन चाम्सले पाँख लाखमा स्क्रिप्ट राइटर यम थापालाई अनुबन्ध गरेका छन् । चलचित्रमा यम थापाको कथा रहनेछ । वीर विक्रम को कथा पनि यम आफैले लेखेका थिए । वीर विक्रम २ मा दयाहाङ राई हुने वा नहुने भन्ने विषयमा भने निर्देशक चाम्सले कुनै जानकारी दिएका छैनन् तर दयाहाङले वीर विक्रम २ गर्ने संभावना भने बढी देखिन्छ । यसअघि वीर विक्रममा दयाहाङ राई, दीया पुन, अर्पण थापा, अनुपविक्रम शाही, नाजिर हुसेन लगायतका कलाकारहरुको मुख्य भूमिका थियो ।

प्रतिक्रिया दिनुहोस्