Logo

विमल र किरणले मैत्रीपूर्ण खेल्ने नखेल्ने



Spread the love

३१ वैशाख, काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगर र गोलकिपर किरण चेम्जोङले अर्को महिनामा हुने दुई मैत्रीपूर्ण खेल खेल्ने एकदमै कम सम्भावना रहेको छ । जेठ १९ गते मलेसिया र जेठ २३ गते चाइनिज ताइपेसँग नेपाली टोलीले मैत्रीपूर्ण खेल्ने तय भएको छ ।

तर, विमल र किरण भने अर्को साता क्लब ड्यूटीका लागि माल्दिभ्स जाने तयारीमा छन् । किरण र विमल टिसी स्पोर्टस क्लबमा आबद्ध भएका छन् । टिसीका लागि किरणको यो लगातार तेस्रो र विमलको पहिलो सिजन हो । गत सिजन टिसीलाई लिग च्याम्पियन बनाउने क्रममा किरणको उत्कृष्ट भूमिका रहेको थियो ।

किरणका अनुसार प्रि सिजनका लागि क्लबले दुवई कतार वा मलेसिया नै लाने तयारी गरेकोले सम्भवत मैत्रीपूर्ण खेलका लागि नछाड्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्