Logo

जान्नुहोस् अमलाको शेवनबाट हाम्रो शरीरमा हुने फाईदाहरु



Spread the love

अमला अमिलो टर्रो भएपनी यसकाे स्वाद निकै मिठो हुन्छ । अमला हामीले सजिलै जहाँ पनि पाउन सक्छौ । अमला हाम्रो स्वास्थ्यको लागी एकदमै फाईदाजनक छ । यसको प्रयोगले हाम्रो शरीरमा भएका बिभिन्न रोगहरु निको पार्न मद्दत गर्दछ ।

यस्ता छन् अमलाको शेवनबाट हाम्रो शरीरमा हुने फाईदाहरु :

– सुकेको अमलाको धुलोमा तोरीको तेल  मिसाई छालामा लगाउनाले चिलाउन कम हुन्छ ।

– यदि रगत बढी बग्ने समस्या छ भने अमलाको नियमित सेवन गर्दा रक्तश्राव हुने क्रम कम हुन्छ ।

– अमलालाई भिटामिन सीको कमी पूरा गर्न प्रमुख स्रोत हो । भिटामिन सीको अभावमा स्कर्भी, छालाका रोग, रक्तनली र मुटुका रोग हुन सक्छ ।

– अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या पनि
सजिलै हट्छ ।

– जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा शरीरको गर्मीपना हटाउन मद्दत गर्दछ ।

– कब्जियतको समस्या छ भने सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा कब्जियतको समस्या बाट छुटकारा पाउन सकिन्छ ।

– खाना खान मन लाग्दैन भने बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।

-आँखाको दृष्टिशक्ति बढाउन चाहनु हुन्छ भने अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्