Logo

प्रहरीद्वारा ९ जना जुवाडे पक्राउ



Spread the love

३१ वैशाख, काठमाडौँ। प्रहरीले काठमाडौँमा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको मित्रनगरबाट सुनसरी उप-महानगरपालिका–२३ घर भएका वर्ष ३४ को हरि लिम्बुले सञ्चालन गरेको हार्मोनियम गेष्ट हाउसबाट गेष्ट हाउस सञ्चालक लिम्बु सहित ९ जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरूको साथबाट नगद रु. ७१ हजार ५ सय ५५ रूपैयाँ र ४ बुक तास बरामद गरेको महानगरीय प्रहरी प्रभाग गोगंबुले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्