Logo

निर्वाचन आयोगबाहिर धर्ना दिन गएका बाबुराम भट्टराई पक्राउ,पक्रँदा पक्रिँदै यस्तो लेखे स्टाटस



Spread the love

निर्वाचन आयोगबाहिर धर्ना दिन गएका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई सहितका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नयाँ दललाई आफ्नो चुनाव चिन्हबाट वञ्चित गर्न लागिएको भन्दै विरोध प्रदर्शन गर्न गएका नयाँ शक्ति नेपालका संयोजक भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल, नेताहरु हिसिला यमी, परशुराम तामाङ, रामकुमार शर्मा, सांसद गंगा चौधरी लगायत ५०/ ६० जना नेता कार्यकर्तालाई प्रहरीले प्रदर्शनस्थलबाट ट्रकमा राखेर लगेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए। पक्राउ परेका आन्दोलनकारीलाई नेपाल प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ।
asa

आफ्नो गिरफ्तारीपछि  ट्विटरमा  ट्विट गर्दै भट्टराईले आफ्नो जीवनको पाँचौं पटक राजनीतिक गिरफ्तारीमा परे पछि नेपाल प्रहरीको  २ नं गण महाराजगंजमा अहिले रहेको भनेर आफ़्नोइ ट्वीटमा उल्लेख गरेका छन् । त्यस्तै उनले  पहिलो २०३६ सालमा भारत सरकारद्वारा दिल्लीमा पनि गिरफ्तारीमा परेको कुरा पनि लेखेका छन् । अहिले भट्टराईलाई  महाराजगञ्जबाट अहिले पुलिस क्लब  सारीई  सकिएको छ।  

 

प्रतिक्रिया दिनुहोस्