Logo

ट्राफिक नियम सिकाइँदै



Spread the love

३१ बैशाख, जुम्ला – जुम्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक दशक भए पनि महिला तथा बालबालिकालाई ट्राफिक नियमसम्बन्धी जानकारी छैन । कर्णाली राजमार्ग हुँदै जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यहाँका महिला तथा बालबालिका र ज्येष्ठ नागरिक सडकको दायाँबायाँ कतातर्फँ हिँड्ने, कसरी सडक पार गर्ने तथा प्रयोग गर्ने भन्ने कुरा जानकारी नहुँदा दुर्घटना भएका छन् । यहाँका सर्वसाधारणले चौपायालाई सडकमा जथाभावी छाड्ने गर्दा पनि दुर्घटनाको जोखिम बढेको छ ।

दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय जुम्लाले ट्राफिक नियमसम्बन्धी जनचेतना जगाउने गरेको छ । ट्राफिक, ट्राफिक प्रहरी, सडक तथा बाटाको प्रयोग गर्ने तरिका, सवारी साधनमा यात्रा गर्दा ध्यान दिनुपर्ने विषयबारेमा जनचेतना जगाइएको ट्राफिक हवलदार कुशराज शाहीले बताए । उनले भने, “सवारी साधनमा यात्रा गर्ने तरिका तथा छाडा पशुचौपायाबाट हुने सवारी दुर्घटना र धनजनको क्षति सम्बन्धमा प्रशिक्षण तथा जनचेतना जगाउन काम गरिएको हो ।” किसान माइक्रो फाइनान्सको आयोजनामा तिला र तातोपानी गाउँपालिकाका महिलालाई सचेतना दिलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्