Logo

एसिया कप व्हिल चियर क्रिकेट नेपाल र भारतले उद्घाटन गर्ने



१ जेठ, काठमाडौं – पहिलो पटक हुन लागेको एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेट बुधबारबाट सुरु हुने भएको छ ।

आयोजक नेपाल व्हिल चियर क्रिकेट संघले मंगलबार पत्रकार सम्मेलन गर्दै एसिया कप बुधबार सुरु हुने जनाएको हो ।

चार दिन चल्ने एसिया कपमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

किर्तिपुरस्थित टियु मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्ने छन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्  ।

प्रतियोगिताको विजेताले ट्रफी र मेडल प्राप्त गर्ने संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी गराए ।

 

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया दिनुहोस्