Logo

काउटिन्होले कोपा डेल रेको फाईनल गुमाउने सम्भावना



Spread the love

१ जेठ, काठमाडाैँ – बार्सिलोनाका स्टार फिलिप काउटिन्होले कोपा डेल रेको फाईनल खेल गुमाउन सक्ने भएका छन् । स्पेनिस लिगको पछिल्लो खेलमा बाँया तिघ्रामा चोट बोकेका थिए । उनी कम्तिमा १० दिन मैदान बाहिर रहने बताईएको थियो ।

उनी स्पेनिस लिगको पछिल्लो खेलमा गेटाफेविरुद्व ६९ औ मिनेटमा स्थानान्तरण भएका थिए । लगत्तै क्लबले काउटिन्होको चोटको बिषयमा निश्चित गरेको थियो ।

क्याटलान क्लबले स्पेनिस लिगको उपाधि उचालिसकेको छ । उसले मे २५ मा कोपा डेल रेको फाईनलमा भ्यालेन्सियाविरुद्व खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्