Logo

कस्तो रहला आज बुधबारको माैसम ?



Spread the love

१ जेठ, काठमाडाैँ – आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि बिहीबार देशभरि नै सामान्यदेखि पूर्ण बदली रही देशको पूर्व र मध्यभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

बुधबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका धेरै जसो स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको पनि सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्