Logo

काठमाडौं क्लिन अप्रेशन, दुई दिनमा २ सय ७६ जना पक्राउ



Spread the love

 काठमाडौं ।

महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियान सुरु गरेको थियो । यो खबर आजको राजधानी दैनिकमा छ ।

जसअन्तर्गत आइतबार राति १ सय २५ जना र सोमबार राति १ सय ५१ जना पक्राउ परेका हुन् । सोमबार राति पक्राउ परेकाहरूमध्ये १ सय २१ जना पुरुष, २७ जना महिला र ३ जना अन्य रहेको परिसरका प्रवक्तासमेत रहेका डीएसपी होवेन्द्र बोगटीले जानकारी दिए ।

परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुने गरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले अभियान सुरु गरेको बताए । उनले प्रहरीको अभियान नै काठमाडौंलाई क्लिन गर्ने रहेको समेत प्रस्ट पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्