Logo

हिन्दू राष्ट्र पुनस्र्थापनाका लागी अब राप्रपाले मठमन्दिरमा व्यानर राख्ने



Spread the love

१ जेष्ठ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशैभरका मठमन्दिरमा हिन्दू राष्ट्र पुनस्र्थापनाका पक्षमा लेखिएका ब्यानर राख्ने भएको छ ।

हिन्दू राष्ट्र पुनस्र्थापना र राजासहितको लोकतन्त्रका मागलाई मुख्य एजेन्डा बनाएर कमल थापा नेतृत्वको राप्रपाले संविधानमा समेत फरक मत राख्दै आइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

राप्रपाको जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले देशका ७७ वटै जिल्लाका मठमन्दिरहरूमा हिन्दू राष्ट्रको माग राखी ब्यानर राख्ने निर्णय गरेको हो ।

बैठकले आन्दोलनसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियान तीव्र बनाउने, काठमाडौं उपत्यकाभित्रका १५ वटै निर्वाचन क्षेत्रमा १५ दिन भित्रमा क्षेत्रीय भेला सम्पन्न गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्