Logo

१९ पहाडी जिल्लामा सहसचिव र एसपी खटाउने सरकारको तयारी



Spread the love

१ जेष्ठ, काठमाडौं ।

सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपी खटाउने तयारी गरेको छ। धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नती गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ। त्यसैगरी दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख छन्।

अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र एसपीलाई जिल्ला प्रहरी प्रमुखमा खटाउन लागिएको छ। पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, संखुवासभा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख र अछाम र डडेल्धुरामा सहसचिव र एसपी खटाउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्