Logo

परम्परागत सोचका कारण एक महिनासम्म सुत्केरी गोठमै



Spread the love

१ जेष्ठ, काठमाडौं ।

जिल्लाकी एक सुत्केरीलाई एक महिनाअघिबाट गोठमै राखिएको छ । सुत्केरीलाइ घरभित्र राख्नुहुन्न भन्ने परमपरागत सोचका कारण जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–५ की धर्मा बुढा सुत्केरी भएको समयमा पनि गोठमा बस्न बाध्य छिन् ।

उनलाइ परिवारकै सदस्यहरुले त्यहा राखेका हुन् । दिउँसै अँध्यारो गोठ निहुरिएर भित्र पस्नुपर्ने अवस्थाको छ । गोठमा झ्याल छैन, सानो दुलोजस्तो ढोका छ ।

एकातिर गोरु छन् भने अर्कोतिर कुखुराको खोर छ । त्यहीँ उनी नवजात शिशुलाई लिएर बस्दै आएकी छिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्