Logo

जान्नुहोस् काँचो खानेकुरा खानुका फाईदाहरू



Spread the love

सबै मानिसहरूले खानेकुरालाई मज्जासँग पकाएर मात्रै खाने गर्दछन् । काँचो खानेकुरा खान कम मात्रै मानिसले रुचाउने गर्दछन् तर भनै पर्दा खानेकुरा पकाएर खाएता पनि काँचो खानेकुरा खाए जस्तो लाभदायी भने हुँदैन । मानिसहरूले काँचो खानेकुरा खादा राम्रोसँग पखालेर मात्र खाने बानी बसाल्नुपर्दछ ।

हेर्नुहोस् काँचो फलफुल तथा तरकारी खानुको फाइदाहरू :

क्यान्सर घटाउँछ
काँचो खानेकुरामा प्रशस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडियन्ट पाइन्छ जसबाट क्यान्सरको खतरा जोगाउन सकिन्छ सो कारण दिनहुँ भोजन गर्ने समयमा फलफुल र सागसब्जी जस्ता काँचो खानेकुरा मिसाएर खाने गर्नुपर्दछ ।

सुगर घटाउँछ
कुनै व्यक्तिले आफ्नो सुगरको मोह नियन्त्रण गर्न सकेका छैन भने त्यस्ता व्यक्तिले बढी मात्रामा कच्चा खानेकुराको सेवन गर्नुपर्दछ । जसका कारण आफ्नो चिनीप्रतिको मोह नियन्त्रण गर्न सकिनेछ ।

मोटोपना घटाउन
यदि कुनै व्यक्ति आफ्नो मोटोपनाबाट चिन्तित छन् भने त्यस्ता व्यक्तिहरूले निश्चय नै काँचो फलफुल र सागसब्जी खाने बानी बसाल्नुपर्दछ। जसबाट मोटोपना घटाउन सहयोग मिल्नेछ ।

स्वादिलो हुन्छ
काँचो खानेकुरामा बदाम, केरा, किवी फल, सुन्तला, स्याउ, चेरी, स्ट्रबेरी, व्लुबेरी, गाजर, मुला, आँप, भूइँकटहर, एभोकाडो लगायतका अन्य फलफुल र सागसब्जी पर्दछ । जसको स्वाद एकदम स्वादिलो हुन्छ ।

वातावरण मैत्री
यदि कोही मानिस आफ्नो वातावरणलाई संरक्षण गर्न चाहन्छन् भने दिनकै कच्चा खानेकुरा खाने गर्नुपर्दछ । किनकि कच्चा खानेकुराको सेवन गर्नाले कम मात्रामा कार्वनडाइअक्साईड उत्सर्जन गर्नुका साथै यसले प्रदूषण रोक्न पनि सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्