Logo

जान्नुहोस् खाना पश्चात निन्द्रा लाग्नुको कारण?



Spread the love

मानिसहरूलाई खाना खाए पश्चात् निन्द्रा लाग्ने गर्दछ। बढी जसो मानिसहरू खाना खाएपछि तुरुन्तै सुत्ने गर्दछन् । तर चिकित्सका सल्लाह अनुसार खाना खाने बित्तिकै सुत्न उचित मानिँदैनन् । किनकि यसो गर्नाले शरीरको पाचन प्रक्रियामा समस्या सिर्जना हुने गर्दछ ।

निन्द्रा लाग्नुका कारण :
बढी जसो मानिसहरूले अत्यधिक कार्बोहाइड्रेट पाइने खानाको सेवन गर्दछ l जसले शरीरमा इन्सुलि बढाउनका साथै ट्रिप्टोफेनको निर्माण गरी मस्तिष्क सम्म पुर्याउछ, जसले गर्दा मानिसलाई निद्रा लाग्ने गर्दछ l यस प्रकारको बानीलाई ‘फुड कोमा’ भनिन्छ ।

समाधान :
यसबाट बच्न खानाको मात्रामा ध्यान पु-याउनुपर्छ । एकै चोटि धरै खाना खानु भन्दा कम खाने बानी बसाल्नुपर्छ ।
खाना पश्चात् निन्द्राबाट बच्नका लागि डाइट पनि सन्तुलित मात्रामा लिनपर्दछ ।

खाना खाए पश्चात् कुर्सीमा बस्ने बानी छोड्नुपर्दछ । त्यसको साटो क्रियाशील रहने गर्नुपर्छ । जसले गर्दा खाना राम्रोसँग पच्नुका साथै रगतमा पनि चिनीको मात्रा पनि नियन्त्रण हुने गर्दछ  ।

प्रतिक्रिया दिनुहोस्