Logo

के तपाईलाई थाहा छ पलेटी कसेर खाना खादा हाम्रो शरीरमा कस्ता फाईदाहरु हुन्छन ?



Spread the love

हाम्रो हिन्दु परम्परा अनुसार पलेटी कसेर खाना खादा कुन मान्छेको चालचलन कस्तो छ भन्ने बुझिन्छ l तर अहिले मानिसहरूको हरेक सुबिधाहरु सँगै चालचलन पनि परिवर्तन हुँदैछ l त्यसैले मान्छेहरू अहिले पलेटी कसेर खाना खाँदैनन् डैनिङ्ग टेबलमा बसेर खाना खान रुचाउनछन l यसरी जमिनमा बसेर खाना खादा हामी योगाशनमा बसिरहेका हुन्छौ जसले गर्दा हाम्रो शरीरमा धेरै फाईदाहरु हुन्छ l

 

पलेटी कसेर खाना खादा हाम्रो शरीरमा हुने फाईदाहरु :

– यो आसनमा बस्दा मनमा सकारात्मक विचार आउनुको साथै मानसिक तनावबाट मुक्त्त पाउन सकिन्छ l

– पलेटी कसेर खाना खादा मोटोपन ,अपच , एसीडेटी जस्ता पेट सम्बन्धी समस्याहरू कम हुन्छ l

– यसरी खादा सजिलो संग खाना खान सकिन्छ l

-यस आसनमा बस्दा हाम्रो शरीरमा समान रूपले रक्तसंचार गर्न मद्दत हुन्छ l

– साथै हाम्रो छाती र खुट्टालाई बलियो समेत बनाऊछ l

प्रतिक्रिया दिनुहोस्