Logo

अपनाउनुहोस् अल्सरबाट बच्ने यी उपायहरु



Spread the love

प्राय जसो सबै मानिसहरूलाई अल्सर हुने गर्दछ । र यो कुनै अनौठोको कुरा होइन,किनकि यो सबैमा हुने एक प्रकारको रोग हो । अब यसमा चिन्ता लिनुपर्ने कुरा छैन किनकि यसबाट बच्नका लागि अपनाउनुहोस् यी उपायहरू:

सर्वप्रथम मानिसहरूले आफ्नो खानेकुरामा ध्यान दिनुपर्दछ र खालीपेट बस्नुहुँदैन । जसबाट अल्सरको शिकारबाट बच्न सकिन्छ l

मानिसहरूले बढी मात्रामा चिल्लो, अमिलो र पिरो खानेकुराको सेवन गर्नुहुँदैन। यसो गर्नाले शरीरलाई रोग मुक्त बनाउँदछ ।

सबै व्यक्तिहरू धूम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहनु पर्दछ र सेवन गर्ने व्यक्तिले पनि छोड्ने प्रयास गर्नुपर्दछ l

मानिसहरूले दुखाइबाट बच्नका लागि औषधिको सेवन गर्ने गर्दछ । सोही कारणले पनि अल्सर हुने गर्दछ, सकेसम्म यस्तो सेवनबाट दुरी पैदा गर्नुपर्दछ ।

खाना पकाउने बेलामा जथाभावी मसाला र रङ आदिको प्रयोग गर्नुहुँदैन । किनकि यसबाट पनि अल्सर हुने गर्दछ ।

सागसब्जी, फलफुल र नरम खानेकुरा प्रशस्त मात्रामा खाने बानी बसाल्नुपर्दछ । जसले गर्दा अल्सर हुनुबाट बचाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्