Logo

जान्नुहोस् मेथीको दाना खाली पेटमा खादा स्वास्थ्यमा हुने फाईदाहरु



Spread the love

मेथीको दानामा आइरन, क्याल्शियम साथै भिटामिन A, B, र C पाइने हुँदा, यसको दैनिक प्रयोगले हाम्रो स्वास्थ्यमा धेरै फाइदाहरू गर्दछ l यसलाई राती भिजाएर बिहान खाली पेटमा चपाएर खाँदा स्वास्थ्यमा हुने समस्याको लागी अति उपयोगी हुन्छ lथाहा पाउनुहोस् मेथीको सेवनले हाम्रो शरीरमा हुने फाईदाहरु :

– मेथिदनाको नियमित सेवनले पोल्ने र एसिडिटीको समस्या कम हुन्छ । जसले गर्दा ग्यास्ट्रिकको समस्याबाट बचाउँछ ।

– मेथिदानामा सोल्यूबल फाइबर्स पाइने हुँदा ब्लड सुगरलाई कम गरी डायबिटीजको खतरा घटाउँछ ।

– यसको सेवनले शरीरबाट खटिरा-बिबिरा, डन्डीफोर जस्ता समस्याबाट बचाउँछ । जसले गर्दा त्वचालाई स्वस्थ बनाउँछ ।

– मेथीदानाको सेवनले कब्जियत र एसिडिटीको समस्याबाट छुटकारा दिलाउँन मद्दत गर्दछ । जसले गर्दा डाइजेशनमा सुधार ल्याई पाइल्सको समस्याबाट मुक्ति दिलाउँछ l

– दिनहुँ बिहान नियमित रूपमा भिजाएको मेथिदाना खादा कपाल झर्ने समस्या पनि कम हुन्छ l

– यदि पिसाब सम्बन्धी समस्या छ भने मेथिदानाको सेवनले बढी पिसाब लाग्ने र यूरिन इन्फेक्शन जस्ता समस्यालाई कम गर्दछ ।

प्रतिक्रिया दिनुहोस्