Logo

‘बोल्ड’ एण्ड ‘हट’ नम्रता श्रेष्ठ (फोटोफिचर)



Spread the love

२००८ मा रोमान्टिक कमेडी फिल्म ‘सानो संसार’ बाट फिल्मी करियर सुरु गरेकी नायिका हुन्, नम्रता श्रेष्ठ । त्यसपछी उनी ‘मेरो एउटा साथी छ’ फिल्ममा देखा परिन । फस्ट लभ, छड्के, मौन, नोभेम्बेर रेन, सोल सिस्टर, क्लासिक, होमवर्क, पर्व ,प्रसाद र जायरा लगायतका फिल्ममा अभिनय गरेकी उनी हाल फिल्मको सुटिंगमा ब्यस्त छिन् ।

नम्रता श्रेष्ठले पहिलो फिल्मबाट नै चर्चा बटुल्न सफल भइन् । सानो संसारपछि उनी सुदर्शन थापाको ‘मेरो एउटा साथी छ’ फिल्ममा २००९मा देखा परिन । २०१०मा फस्ट लवमा गेस्ट आर्टिस्टको रुपमा साथै एचआइभी एड्स अवेरनेस सर्ट फिल्ममा काम गरिन् । सोहि बर्ष पहिलो पटक नाटक जलपरी मार्फत रंगमन्च इन्ट्री गरिन र २०१२ मा ओलीयन्ना नाटकमा क्यारोलको भूमिका निभाइन ।

२०१३मा आएर फिल्म छड्केमा सौगात मल्ल, दायाहाङ राई, रबिन तामाङ्ग लगायतसंग अभिनय गरिन । समिक्षकको नकारात्मक टिप्पणीका बावजुद फिल्म कमर्सियल्ली सफल बन्न पुग्यो जहाँ उनले लोकल ग्यांगको रिसाहा महिला सोलीको भूमिका निर्वाह गरेकी थिइन् ।

२०१३ मै फिल्म मौन प्रदर्शन भयो अर्पण थापासंग वर्षाको भूमिकामा देखिएकी उनको अभिनय प्रसंसा योग्य रहेको थियो । सन् २०१४मा आर्यन सिग्देलको अपोजिटमा फिल्म नोभेम्बेर रेनमा अभिनय गरिन ।

२०१५मा आएर उनलाई फिल्म सोल सिस्टरमा दोहोरो भूमिकामा देखियो जुन फिल्म सुपर फ्लप हुन पुग्यो । पुनः २०१६मा फिल्म क्लासिक तथा होमवर्क मार्फत आर्यनसंगै देखा परिन उनी ।

२०१७ मा फिल्म पर्वमा देखापरेकी उनी २०१८ मा भने २ वटा फिल्म प्रसाद र जायरामार्फत देखापरीन्।

हेर्नुहोस् फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्