Logo

जान्नुहोस् दालचिनीको फाईदाहरु



Spread the love

 

तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । जसले तरकारीलाई बासनादार र स्वादिलो बनाउन मदत् गर्दछ । यदि यसको प्रयोग पकाएको सब्जिमा नगरेमा तरकारी खल्लो हुनुका साथै फिका रहन्छ  । सो कारण मानिसहरू सबैले यसको प्रयोग गर्दछन् । तर दालचिनीले तरकारीको स्वाद मात्रैलाई नभएर अरू कुराहरूमा पनि फाइदा हुने गर्दछ ।

मानिसको घाँटी दुखेमा वा बसेमा दालचिनीको धुलो उमालेर खानाले केही दिनमै आराम मिल्ने गर्दछ  ।

यदि कुनै व्यक्तिको चिसोको कारण कपाल दुखेमा दालचिनी लेप बनाई दुई पटक निदारमा लगाएमा यस दुखाईबाट छुटकारा मिल्दछ ।

जिरा, ल्वाङ र दालचिनीको मिश्रण गरी पनि उमालेर खाएमा रुघाखोकी तथा ज्वरोबाट आराम मिल्दछ ।

दालचिनीको दिनहुँ सेवन गर्नाले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मदत पुर्‍याउनुका साथै मुखको घाउ खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका पनि गर्दछ ।

प्रतिक्रिया दिनुहोस्