Logo

अवैध लागूऔषध सहित २ जना पक्राउ



Spread the love

१ वैशाख , सर्लाही । प्रहरीले पर्सा गाउँपालिका-३ नारायणपुरबाट २ जना लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय उमेश चन्द्र राय र १९ वर्षीय राहुल राय यावद रहेका छन् ।

प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको बिआर ३० इ १७१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध लागूऔषध गाँजा करिब २ केजी फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो l साथै उक्त सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्